अपडेट 
२०७७ कार्तिक १५, शनिबार १७:५६

राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन भन्दै शनिबार उनीहरुले देशव्यापी रुपमा अभियान शुरुवात गरेकोमा जनकपुरधाममा समेत र्याली निकालिएको छ ।

नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा नाराबाजी गर्दै जनकपुरधाम नगरको विभिन्न भाग परिक्रमा गरेको छन । र्यालीमा सहभागीहरुले राजतन्त्र पुनर्वहाली गर, भ्रष्टाचार अन्त्य गर, हत्याहिंसा बलात्कारजस्ता जघन्य आपराधिक घटना नियन्त्रण गर लगायतका नारा लगाएका थिए । राष्ट्रवादी नागरिक समाजको उक्त अभियानका संयोजक चन्द्रबहादुरले देशमा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको, बलात्कार, हत्याहिंसा जस्ता घटनाहरु दिनदिनै बढ्न थाल्दा समेत सरकार मुकदर्शक बनेको भन्दै राजतन्त्र नै फर्काउनुपर्ने दाबी गरे । उनले अहिलेका संसदीय दलहरुबाट देशलाई बचाउन सक्ने अवस्था नरहेकाले देशले राजतन्त्रको खाँचो महशुस गरेको उनको भनाइ थियो ।

उपसंयोजक लक्ष्मी मल्लले देशमा राजतन्त्रको पुनर्वहाली नभएसम्म देशभरी महाअभियान जारी रहने बताइन् । उनले देशमा चाँडै नै राजतन्त्र फर्किने दाबीसमेत गरिन् । उनले समावेशी राज्यसत्ता सहितको शासनले नै देशमा समृद्धि ल्याउने बताइन् ।

Comment


Related News

Latest News

Trending News