अपडेट 
२०७७ कार्तिक १६, आईतवार ०६:२०

यो टिप्पणी २०५७ साल जेठ महिनाको पहिलो पक्षमा छापिएको थियो हिमाल पत्रिकामा । त्यतिखेर हिमाल पाक्षिक रुपमा प्रकाशित हुन्थ्यो । केही दिन अघि घरमा जम्मा भएका कागजपत्र खोतल खातल पार्दा बीस बर्ष अघि हिमालमा छापिएको यो टिप्पणी फेला पर्यो । बीस बर्षको समयावधिमा पनि यसको सान्दर्भिकता जीवन्त थियो । त्यतिबेला यो टिप्पणी लेखिंदा देशमा प्रधानमन्त्री थिए – नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला । आफनै पार्टीका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अपदस्थ गरेर प्रधानमन्त्री बनेका थिए कोइराला । यसपछिको समय देशका लागि सर्वाधिक कोलाहलमय रह्यो । राजतन्त्रको अन्त्य र गणतन्त्रको उदयसानो घटना थिएन । तर, दुर्भाग्य कि, त्यति ठूलो उथलपुथलपछि पनि देशमा आधारभूत परिवर्तन आउन सकेन । जनता जहाँ थिए त्यही रहे । ती जनतालाई उठाएर देशको बिकासगर्ने मति भएका मानिस सत्तामा पुगेनन । सरकार गफाडी र जुवाडीको जमघटका रुपमा देखियो । लोकतन्त्र आलंकारिक बन्यो । यो दुःखद अवस्थाबाट देशलाई कसरी बाहिर निकाल्ने हो ? सबैको मनमा यो प्रश्न रहेकोछ ।


सन्दर्भमा म एकपटक फेरी त्यो टिप्पणी यहाँ प्रस्तुत गर्दैछु
सन् २२२ मा हान वंशको पतनपछि चीन राजनीतिक कलह र अस्थिरताको जञ्जालमा लामो समयसम्म नराम्रोसँग फँस्यो । सेनाका एकपछि अर्का जर्नेलहरुले सत्तामा आफ् नो आधिपत्य कायम गर्ने, आफूलाई बादशाह घोषित गर्ने र अर्को जर्नेलबाट अपदस्थ भएर काटिने क्रम सन् ९५९ सम्म चल्यो । त्यसपछि जर्नेल चाओ कुआंग यीन सत्तामा आए र आफूलाई बादशाह सुंगको नाममा स्थापित गरे । उनलाई आफ्नो नियतिका बारे कुनै शङ्का थिएन । तर,उनी आजसम्म मारिएका अरु जर्नेल बादशाह जस्तै मारिन चाहदैनथे । उनी चीनियाँ सत्तालाई अभिशापमुक्त बनाउन चाहन्थे । आफू बादशाह बन्ने वित्तिकै सुंगले सुरक्षित शासनको रणनीति तयार गरे ।उनले आफू बादशाह भएको उपलक्ष्यमा ठूलो भोजको आयोजना गरे । भोजमा उनले राज्यका सबै महत्वपूर्ण र शक्तिशाली जर्नेलहरुलाई बोलाए । जर्नेलहरु मदिराले मात्तिनुअघि नै बादशाह सुंगले ती जर्नेलहरुलाइ सम्बोधन गर्दै भने,‘म बादशाह बनेको छु र पनि पटक्कै खुशी छैन । मेरो सारा दिन भय र त्रासमा बित्ने गर्दछ । तिमीहरुको इमान्दारीमा मलाई शंङ्का छैन । तर,धनसम्पत्ति र सत्ताका लोभमा परेका तिम्रा सहायक र सहयोगीहरुले तिमीहरुलाई बादशाहको श्रीपेच लगाउन वाध्य तुल्याए भने के गर्नेछौं गरेको थियो । एक्काइसौं शताव्दीको नेपाली राजनीतिको सन्दर्भमा चीनियाँ इतिहासको यो पातो कति सान्दर्भिक होला ? यो कुरा स्तम्भकारलाई थाहा छैन ।

तर, मानव सभ्यताको प्रारम्भदेखि नै राजनीतिका अधिकांश चालहरुमा सामयिक परिष्कार वाहेक त्यस्तो खासै परिवर्तन आएको छैन । वर्तमान नेपालको राजनीतिक अस्थिरता र शताव्दियौं अघिको चीनको राजनीतिक अस्थिरताको बीच कुनै प्रकारको तुलना वाञ्छनीय नहोला । रंगमञ्च बदलिएको छ । नाटकका पात्र पनि बदलिएका छन । तर नाटकको मूल बिषयवस्तु उही छ । नेपाली लोकतान्त्रिक आन्दोलनका नेताहरुले लोकतन्त्र प्राप्तिका लागि गरेका संघर्षका बारे कसैले पनि औला उठाउन सक्दैन । तर, यी नेताहरुमा लोकतान्त्रिक समाजका प्रतिनिधि शासकमा हुनुपर्ने खुवी र संस्कारहरु देख्न पाइएको छैन ।लोकतान्त्रिक राजनीतिको मुख्य मर्म सहिष्णुता र अनुशासन हो भने नेपाली राजनीतिमा यसको खडेरी नै प¥यो । सरकार र प्रतिपक्षमा बस्ने दलहरुबीच मात्र होइन,एउटै दलका नेताहरु बीच पनि पारस्परिक बिश्वास स्थापित हुन सकेन । सरकार र प्रतिपक्ष दुबैले जनताप्रति सद्भाव देखाउन सकेनन् । आफनो दलको झण्डा नबोक्नेहरु जनता नै होइनन् भन्ने मानसिकताले दुबैथरी ग्रस्त भए । शैक्षिक वा व्यवसायिक योग्यता महत्वपूर्ण पद वा राम्रो जागिर पाउने आधार बन्न सकेन । लोकतन्त्रले चाकरीतन्त्रलाई बिस्थापित गर्न सकेन । लोकतन्त्रका शासकहरुले बादशाह सुंगले विर्ता र सम्पत्ति बाँडेरजर्नेलहरुलाई किनारा लगाए जसरी पक्ष र प्रतिपक्षलाई किनार लगाउन मिल्दैन । तर, इतिहासको प्रयोगशालाबाट खारिएर स्थापितहुने चाहने राख्ने कुनै पनि शासकले सबैलाई सहिष्णुता र सद्भाव बाँडेर मुलुकका समस्याहरुको समाधानगर्न सक्नु पर्दछ । नेपालको वर्तमान राजनीतिमा कोही कसैको सहयोग लिन पनि तयार देखिँदैन र कसैलाई सहयोग दिन पनि तयार देखिँदैन । शासनमाथि आफनो ब्यक्तिगत पकडराख्न नेताहरु आतुर देखिन्छन ।

सिध्दान्त र बिधिको चिन्ता कसैलाई छैन । राष्ट्रप्रतिको सचेत चेतना लुप्त भइ रहेको यो अवस्थामा संगतिपूर्ण बाटोको खोजी चेतनशील नागरिकको कर्तब्य हो ।

Comment


Related News

Latest News

Trending News