अपडेट 
२०७७ कार्तिक १६, आईतवार ०६:३९

विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ३४ लाख नाघेको छ । आइतबार बिहानसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ३४ लाख ७७ हजार नौ सय ५५ पुगेको हो ।

हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड ६३ लाख ६५ हजार सात सय ३० पुगेको छ । संक्रमितमध्ये ११ लाख ९९ हजार सात सय १५ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९४ लाखभन्दा बढी पुगेको छ । संक्रमितमध्ये ६० लाख ६२ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३६ हजार ६६ पुगेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८१ लाख ८२ हजारभन्दा बढी छ । यहाँ अहिले पनि पाँच लाख ७१ हजारभन्दा बढी संक्रमित अवस्थामा छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार एक सय ४९ पुगेको छ । नेपालमा हालसम्म एक लाख ७० हजार सात सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ संक्रमितमध्ये एक लाख ३१ हजार दुई सय २२ जना निको भइसकेका छन् । नेपालमा नौ सय ३७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News