अपडेट 
२०७७ कार्तिक १६, आईतवार ०६:५८

फ्रान्सेली शहर लियोमा भएको गोलीबारीमा एक ग्रीक अर्थोडक्स पादरी गम्भीर रुपमा घाइते भएका छन् ।गोलीबारीपछि हमलाकर्ता घटनास्थलबाट फरार भएतापनि प्रत्यक्षदर्शीका आधारमा एक संदिग्धलाई हिरासतमा लिइएको छ ।

हमलाको उद्देश्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन । प्रशासनले हत्या प्रयासको मामिलामा अनुसन्धान सुरु गरेको छ ।यो घटनाअघि हालै दक्षिण फ्रान्सेली शहर नीसमा एक चर्चमा चक्कू हमलामा तीनजनाको मृत्यु भएको थियो ।फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले यसलाई इस्लामी आतंकी हमला बताएका थिए र अतिरिक्त सुरक्षाबललाई प्रार्थना स्थलका साथै सार्वजनिक स्थानमा तैनाथ गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार लियोमा गोलीबारीको यो घटना स्थानीय समयानुसार बेलकी ४ बजेको हो । त्यतिबेला पादरी चर्च बन्द गरिरहेका थिए ।प्रहरीका अनुसार हमलाकर्ता एक शटगनसहित आएका थिए र हमलापछि फरार भए ।फ्रान्सको गृहमन्त्रालयले सरक्षाबल र आपतकालीन बल घटनास्थलमा भएको र मानिसहरुलाई हमला भएको इलाकाबाट टाढै रहन भनिएको छ ।

 लियोका सरकारी अभियोजक निकोलस ज्याकेले शनिबार राती बयान जारी गरे । जसमा उनले सुरुवाती प्रत्यक्षदर्शीले दिएको बयानपछि एक व्यक्तिलाई प्रहरी हिरासतमा लिइएको जानकारी दिए ।उनले संदिग्धले गिरफ्तारीका बेला हतियार लिइरहेको जानकारी दिए । अनुसन्धानकर्ताले गिरफ्तार संदिग्धको पहिचान पत्ता लगाउने कोसिस गरिरहेका छन् ।लियोका मेयर ग्रिगोसी दूसेले पत्रकारलाई भने, ‘हामीलाई अहिले हमलाको उद्देश्यबारे थाहा छैन ।􄑻’पादरीको पहिचान निकोलस काकावेलायकीसको रुपमा भएको छ । उनी अस्पतालमा भर्ना छन् र असाध्यै गम्भीर अवस्थामा छन् ।

Comment


Related News

Latest News

Trending News