अपडेट 
२०७७ कार्तिक १६, आईतवार ०९:५६

कर्णाली प्रदेशमा आधा महिनाभन्दा लामो राजनीतिक उतारचढावपछि मन्त्रिपरिषद् हेरफेर हुने भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज केही मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन्। 

यसअघि गत असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका १८ सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएका थिए। तर त्यसको प्रतित्युरमा मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई नै पदबाट हटाएका थिए। नेता यामलाल कंडेलको नेतृत्वमा शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा नेकपाको केन्द्रीय नेतृत्वसमेत विभाजित भएको छ। यही अवस्थामा मुख्यमन्त्री शाहीले मन्त्रीपरिषद्मा केही मन्त्री हेरफेर गर्न लागेका हुन्।  थपिने मन्त्रीहरुमा पूर्व एमाले तर्फको माधव नेपाल पक्षीय नेताहरु पर्ने भएका छन्। 

कर्णाली प्रदेशमा हाल भौतिक पूर्वाधार विकास मन्त्रालय खाली नै छ भने अन्य दुई मन्त्रीलाई हटाएर तीन मन्त्री थप गर्न लागिएको हो। मन्त्रीपरिषद् पुनगर्ठनबारे छलफल भइरहेको र कोकोलाई कुन मन्त्रालय दिनेभन्नेबारे मुख्यमन्त्री शाही आन्तरिक गृहकार्यमा रहेको उनका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले जानकारी दिए। उनीहरुलाई आजै नियुक्ती गरेर शपथ ग्रहण गराइने छ। 

Comment


Related News

Latest News

Trending News