अपडेट 
२०७७ कार्तिक १६, आईतवार ११:३५

सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । 

चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच भाउ महँगो भएर कारोबार फाट्टफुट्ट मात्रै भएपछि नेपालमा सुन आयात घटेको छ । यसअघि दैनिक १० किलोका दरले महिनामा विभिन्न बैंकले ३ सय किलोसम्म सुन आयात गर्ने गरेका महासंघले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News