अपडेट 
२०७७ कार्तिक १६, आईतवार १६:४४

बितको २४ घण्टामा देशभर २ हजार ८२४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ३ हजार ६२० जना संक्रमण मुक्त भएको समेत जानकारी दिए ।  उनकाअनुसार हालसम्म संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ ।  हाल देशभर सक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७७९ जना र होम आइसोलेशनमा ३० हजार ९८६ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा पीसीआर १३ हजार २३ जनाको भएकोमा काठमाडौं उपत्यकामा मात्रै १ हजार ६२२ जनामा पुष्टि भएको छ ।  यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ ।  यसैगरी उपत्यकासहित १४ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने तीन जिल्ला संक्रमणमुक्त रहेकाे छ ।

Comment


Related News

Latest News

Trending News