अपडेट 
२०७७ कार्तिक १७, सोमबार ०६:१२

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा प्रदेश नम्बर १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार राती गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नम्बर १ मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा प्रदेश नम्बर १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल  प्रदेश नम्बर २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । राती प्रदेश नं २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Comment


Related News

Latest News

Trending News