अपडेट 
२०७७ कार्तिक १७, सोमबार ०६:१९

जनकपुरधाम ।जनता समाजवादी पार्टी(जसपा)को प्रदेश नम्बर २ मा समायोजनको प्रकृया सुरु भएकोछ ।केन्द्रिय कार्यदलको आइतवार बसेको बैठकले प्रकृयालाई अगाडी बढाएकोछ ।

पार्टी बिधान अनुसार प्रदेश कमिटी १५१ सदस्यीय रहनेछ ।त्यसमा पूर्व समाजवादी र राजपाबाट आधी आधी संख्या रहने केन्द्रिय सहमति रहेकोछ । पूर्व समाजवादीको प्रदेश कमिटी रहेपनि पूर्व राजपाको प्रदेश कमिटी गठन भएको थिएन् ।एकिकृत दल जसपाको प्रदेश कमिटीको नेतृत्व सहमतिबाट नहुने भएकोछ । पूर्व समाजवादीको तर्फबाट रामसहाय यादव, विजय कुमार यादव र पूर्व राजपाको तर्फबाट मृगेन्द्र सिंह यादव(राजबाबु) र सुनिल कुमार झॉरोहित’ रहेका छन् । ‘प्रदेश २ मा सहमतिको अधारमा नेतृत्व चयनको संभावना कमजोर देखिएकोछ’ कार्यदलका सदस्य एवं राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह यादवले भने, केन्द्रिय मापदण्ड अनुसार प्रदेश चुनावमा समानुपातिक तर्फको मत बढी भएको दलले अध्यक्ष पाउने छ ।’बढीमा १७ जना पदाधिकारी रहने व्यवस्था गरिएकोछ ।

प्रदेश सभाको चुनावमा प्रदेश २ मा पूर्व राजपाले समानुपातिक तर्फ समाजवादी भन्दा केहि बढी मत प्राप्त गरेका थिए ।यद्यपी प्रत्यक्ष तर्फ समाजवादीको सभासद बढी रहेका छन् । समाजवादी पार्टीको प्रदेश कमिटीमा निर्वाचित र मनोनित समेतगरि कुल ९३ जना सदस्य रहेका छन् ।तर समायोजनमा ७५ जना मात्र पर्ने भएकाले १८ जनालाई समाजवादी पार्टीले हटाउनु पर्नेछ ।तर पूर्व राजपाले सबै नयाँ सदस्यहरु राख्ने भएकाले त्यस तर्फ असन्तुष्टिको संभावना कम रहेकोछ ।

Comment


Related News

Latest News

Trending News