अपडेट 
२०७७ कार्तिक १७, सोमबार ०६:३७

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ । यूएईमा राति भएको खेलमा कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । 

कोलकताका लागि इयान मोर्गनले कप्तानी पारी खेले । खराब सुरुवात गरेको कोलकताका लागि सुवमन गिल र राहुल त्रिपाठीले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । राजस्थानका लागि राहुल तेवटियाले तीन विकेट लिए । त्यस्तै कार्तिक त्यागीले २, जोफ्रा आर्चर र श्रीयस गोपालले एक/एक विकेट लिए । १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो ।  यो जितपछि कोलकता रन रेटका आधारमा शीर्ष चारमा पुगेको छ । अन्तिम खेलमा हैदराबाद पराजित भए कोलकताले प्लेअफमा स्थान बनाउनेछ । 

यसअघि हिजो भएको खेलमा किङ्ग्स एलाभेन पञ्जाब चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो ।

Comment


Related News

Latest News

Trending News