अपडेट 
२०७७ कार्तिक १७, सोमबार ०७:१३

विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ३७ लाख नाघेको छ । सोमबार बिहानसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ३७ लाख ४२ हजार सात सय ३१ पुगेको हो ।

हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड ६८ लाख चार हजार चार सय २३ पुगेको छ । संक्रमितमध्ये १२ लाख पाँच हजार सात सय ४४ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९४ लाखभन्दा बढी पुगेको छ । संक्रमितमध्ये ६० लाख ९७ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३६ हजार चार सय ७१ पुगेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८२ लाख २९ हजार तीन सय २२ पुगेको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ६ सय ४२ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ७३ हजार पाँच सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ संक्रमितमध्ये एक लाख ३४ हजार आठ सय ४२ जना निको भइसकेका छन् । नेपालमा नौ सय ६० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News