अपडेट 
२०७७ कार्तिक १७, सोमबार ११:११

धनुषा : भन्सार छलेर ल्याइएका लाखौँ मूल्य बराबरको समान धनुषा प्रहरीले बरामद गरेको छ ।

जिल्लाको विभिन्न स्थानबाट मलखाद्य, कपडा र मटर लगायतको समान बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार आइतवार विहान करिब ९ बजे विदेह नगरपालिका–१ ठाडीगाउँ बस्ने लालबाबु पंजियारको घरमा युरिया मल लुकाई छिपाई राखेको खबर पाएपछि प्रहरीले छापेमारी खानतालस् गर्दा डिएपी ३९ र युरियामल २९ बोरा गरी करिब एक लाख बराबरको मल बरामद भएको थियो । सो मल आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको छ ।

यस्तै आइतवार विहानै प्रहरी चौकी गिद्धाबाट गस्तीमा खटिगएको प्रहरी टोलीले विदेह नगरपालिका– ५ स्थितमा नेपालबाट भरत तर्फ भन्सार छलि चोरी निकासी गरी २ वटा मोटरसाईकलमा लाँदै गरेको रू. २ लाख १२ जार रुपैँया बराबरको सेतो मटर १० बोरा बरामद गरी आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको हो।

त्यसैगरी आइतवार विहानै नगराईन– २ स्थित भारतबाट अवैध रुपमा मोटरसाइलकलमा ८० हजार बराबरको विभिन्न किसिमको रेडिमेट कपडा र मोटरसाइकल गरी लाख ७० हजार बराबरको सामान बरामद गरी भन्सार कार्यालय पठाइएको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News