अपडेट 
२०७७ कार्तिक १७, सोमबार १७:२१

पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको हुँदा २४ जनाले ज्यान गुमाएका छन् । 
यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।  हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० र निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहँदा सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् ।  संक्रमितमध्ये २१.२ प्रतिशत सक्रिय संक्रमित रहेका हुन् । यस्तै हालसम्म कुल संक्रमितको ०.६ प्रतिशतले ज्यान गुमाउँदा निको हुनेको प्रतिशत ७८.२ रहेको छ । 

Comment


Related News

Latest News

Trending News