२०७७ कार्तिक १८, मंगलवार ०६:५४

बालिकालाई ललाईफकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा रहेका छन् । सोमबार पक्राउ परेका आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलालले बताउनुभयो । पीडितहरुको उद्धार भई घर फर्किएपछि उनीहरुका बुवाले संयुक्तरुपमा आइतबार दिनुभएको मानव बेचविखन तथा ओसारपसार विरुद्धको उजुरी दर्ता गरी उनलाई पक्राउ गरिएको हो ।

यहाँका १३ र १४ वर्षीया बालिकालाई बेचविखन गर्न भारत लगेको आरोपमा सलाम पक्राउ परेको र अर्का आरोपित हनुमाननगर कंकालिनी–६ का २० वर्षीय ओमप्रकाश चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दशैंको मेला हेर्न राजविराज आएकी बालिकालाई आरोपितले ललाईफकाई  गरेर कात्तिक १० गते राति शम्भुनाथस्थित चौधरीको सानीआमाको घरमा लगेर राखेका थिए ।

Comment


Related News

Latest News

Trending News