अपडेट 
२०७७ कार्तिक १८, मंगलवार ०६:५६

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको आकास्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको हो ।

सप्तरीको महादेवा–६ घर भएका रेडियोग्राफरको दिसा पातलो हुने, ज्वरो आउने लगायतको समस्या भएपछि सोमबारनै अस्पतामा भर्ना गरिएको थियो । प्रतिष्ठानका सह– प्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार दिउँसो एक्कासी श्वास फेर्न गाह्रो भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हाे । कुनै रोग नभएकाले मृत्युपश्चात पिसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको मृत्यु भइसकेको छ योसँगै प्रतिष्ठानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

Comment


Related News

Latest News

Trending News