अपडेट 
२०७७ कार्तिक १८, मंगलवार १६:५६

नेपालमा मंगलबार थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३११४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको ज्यान गएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार चार जना पुगेको छ । त्यस्तै थप ३१४२ जना डिष्चार्ज भएका छन् भने हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

हाल आइशोलेशनमा ३७ हजार ४७६ जना रहेका छन् भने क्वारेन्टाइनमा १२७७ जना रहेका छन् । हालसम्म १४ लाख ८० हजार ९७८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News