अपडेट 
२०७७ कार्तिक १९, बुधबार ०६:४१

अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदैछ । अमेरिकामा चुनाव हुँदा नेपालीले पनि चासो राखेको देखिन्छ । नेपालका विभिन्न सञ्चार माध्यमले पनि यसबारे चासो देखाएको खबर वा अन्य सामग्रीहरु प्रस्तुत गरिरहेका छन् । त्यहाँको चुनावको प्रचारमा कसले के बोले ? बोलीको प्रतिक्रिया कस्तो आइरहेको छ ? कुन संस्थाले गरेको मत सर्वेक्षणको परिणाम कस्तो आयो ? विगतमा उक्त संस्थाको मत सर्वेक्षणको मूल्य कस्तो हुन्थ्यो ? कुन राज्य वा प्रान्तमा कसको पक्षमा बढी मतदाता उत्साहित देखिएका छन् ? आदि जस्ता विषयलाई महत्वका साथ प्रस्तुत गरिरहेका छन् । यी र यस्ता प्रस्तुतिले नेपाली बुद्धिजीवी तथा सञ्चारका उपभोक्ताहरुको ध्यानलाई अझ तानेको र चुनावप्रति अझ चासो बढाउन सहयोग गरेको देखिन्छ ।

अमेरिकाको निर्वाचनमात्र होइन धेरै गतिविधिप्रति नेपालीको चासो व्यक्त हुने गरेको छ । अमेरिका यस्तो देश हो जहाँ अधिकांश नेपाली कमसे कम एकचोटि भए पनि पुग्न चाहन्छन् । सात समुद्र पारि वा पृथ्वीको अर्को छेउमा अमेरिका रहेको धेरैको मनोविज्ञानमा रहेको छ । विश्वको सबैभन्दा ठूलो शक्तिशाली देश र विश्वको राजनीतिमा अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने देशको रुपमा अमेरिका रहेकोले पनि नेपालीको चासो अलिक बढी भएको हो । त्यहाँ सुशासन, स्वतन्त्रता, लोकतन्त्र, कानुनको शासन भएको र परिश्रमको उचित मूल्य पाइने तथा सुरक्षाको अनुभूति हुने कुरा अधिकांश लेखकहरुले उल्लेख गर्ने गरेका छन् । यसै कारण अमेरिका धेरै नेपालीको लागि सपनाको देश हो । यसैले आफ्नो जीवनमा एक पटक भए पनि सपनाको देशको भ्रमण गर्ने सौभाग्यको कामना गर्दछन् । यसै सन्दर्भमा पनि अमेरिका धेरैको अभ्यन्तरमा चासोको विषय निरन्तर हुने गरेको छ । विश्वसित नेपालको कारोबार अमेरिकी डलरमा हुन्छ । डलरको मूल्यले नेपालको अर्थतन्त्रमा समेत प्रभाव पारिरहेको हुन्छ ।

नेपालले अन्य देशसित भुक्तानी गर्दा डलरमे गर्ने हुनाले अमेरिकाको डलरसित मात्र नभएर अमेरिकासित पनि आम नेपालीको भावनात्मक सम्बन्ध रहेको छ । अमेरिकाप्रतिको आकर्षण त यति सामान्य छ कि सर्वसाधारण समेतले सजिलै अमेरिकाको बारेम जे हुन्छ, जसरी हुन्छ जान्न वा सुन्न चाहन्छ । अमेरिकी जीवनशैलीदेखि हरेक क्षेत्रको बारेमा सामान्यदेखि सामान्य नेपालीको चासो रहेको हुन्छ । अहिले भएको चुनावले के परिणाम ल्याउला भन्ने विषयमा आम नेपाली ग्रामीण नागरिकलाई खासै चासो हुँदैन तर चुनाव कसरी भइरहेको छ वा चुनाव हुँदैछ भन्न विषयले नै यहाँ चासो बढाउन सकेको हो । अमेरिकामा पनि धेरै नेपालीहरु रहेका छन् । अधिकांश मानिस डिभी भिसामा गएका हुन् । हुन त केही अन्य कारणले पनि त्यहाँ पुगेर त्यही बसेका छन् । अध्ययन गर्न गएका र अमेरिकी नागरिक बनेकाहरु पनि धेरै जना रहेका छन् । यसरी अमेरिकामा धेरै नेपाली भएकोले अमेरिकामा रहेका नेपालीका आफन्त तथा साथीभाइसित पनि चुनावको बारेमा चर्चा हुने गरेको छ । यो भनेको एउटा विशिष्ट चासो नै हो । मुख्य गरी चुनाव कसरी हुन्छ । चुनावमा कुन पक्ष बलियो मानिन्छ (उम्मेदवार होइन) ।

उम्मेदवारहरु सर्वसाधारण मतदातासमक्ष आफ्ना कुरा कसरी राख्छन् आदि विषयमा चासो राख्ने गरेका छन् । चुनाव प्रचारको शैली के कस्तो रहेको छ ? चुनावप्रति आम नागरिकको धारणा कस्तो हुन्छ ? सहरिया र ग्रामीण नागरिकको निर्वाचनप्रतिको धारणामा केही पृथकता हुन्छ ? दुई पृथक राज्यमा बसेका नेपालीबीच अमेरिकाको चुनावको बारेमा के कस्तो सोचाइ रहेको छ ? नयाँ गएका र पहिलोचोटि निर्वाचन देखिरहेका नेपालीहरुको वर्तमान अनुभूति कस्तो रहेको छ ? यहाँ नेपालमा हुने चुनाव र अमेरिकामा भइरहेको चुनावमा मूलभूत समानता वा भिन्नता के के होलान् ? यस्ता अनेक विषय र पक्षमा यहाँका नेपालीहरुले अमेरिकी चुनावप्रति चासो राखेका छन् । अमेरिकामा कति नेपाली छन् र अमेरिकामा रहेका नेपालीमध्ये त्यहाँको मतदाता कति छन् ? यी दुई अलिक थप चासोका विषय हुन् । अमेरिकामा रहेका नेपालीले त्यहाँको राष्ट्रपतिको निर्वाचनमा कुनै प्रभाव पार्लान् भन्ने पक्ष महत्वपूर्ण होइन । अमेरिकाका प्रवासी नेपालीले कुन पार्टी वा उम्मेदवारलाई सहयोग गरिरहेका छन् भन्ने कुरो पनि महत्वपूर्ण होइन किनभने अधिकांश मानिस डिभी भिसामा गएका हुन् । हुन त केही अन्य कारणले पनि त्यहाँ पुगेर त्यही बसेका छन् ।

अध्ययन गर्न गएका र अमेरिकी नागरिक बनेकाहरु पनि धेरै जना रहेका छन् । यसरी अमेरिकामा धेरै नेपाली भएकोले अमेरिकामा रहेका नेपालीका आफन्त तथा साथीभाइसित पनि चुनावको बारेमा चर्चा हुने गरेको छ । यो भनेको एउटा विशिष्ट चासो नै हो । मुख्य गरी चुनाव कसरी हुन्छ । चुनावमा कुन पक्ष बलियो मानिन्छ (उम्मेदवार होइन) । उम्मेदवारहरु सर्वसाधारण मतदातासमक्ष आफ्ना कुरा कसरी राख्छन् आदि विषयमा चासो राख्ने गरेका छन् । चुनाव प्रचारको शैली के कस्तो रहेको छ ? चुनावप्रति आम नागरिकको धारणा कस्तो हुन्छ ? सहरिया र ग्रामीण नागरिकको निर्वाचनप्रतिको धारणामा केही पृथकता हुन्छ ? दुई पृथक राज्यमा बसेका नेपालीबीच अमेरिकाको चुनावको बारेमा के कस्तो सोचाइ रहेको छ ? नयाँ गएका र पहिलोचोटि निर्वाचन देखिरहेका नेपालीहरुको वर्तमान अनुभूति कस्तो रहेको छ ? यहाँ नेपालमा हुने चुनाव र अमेरिकामा भइरहेको चुनावमा मूलभूत समानता वा भिन्नता के के होलान् ? यस्ता अनेक विषय र पक्षमा यहाँका नेपालीहरुले अमेरिकी चुनावप्रति चासो राखेका छन् । अमेरिकामा कति नेपाली छन् र अमेरिकामा रहेका नेपालीमध्ये त्यहाँको मतदाता कति छन् ? यी दुई अलिक थप चासोका विषय हुन् ।

अमेरिकामा रहेका नेपालीले त्यहाँको राष्ट्रपतिको निर्वाचनमा कुनै प्रभाव पार्लान् भन्ने पक्ष महत्वपूर्ण होइन । अमेरिकाका प्रवासी नेपालीले कुन पार्टी वा उम्मेदवारलाई सहयोग गरिरहेका छन् भन्ने कुरो पनि महत्वपूर्ण होइन किनभने अहिलेसम्म त्यहाँका नेपालीहरुका संस्थाहरुले कुन दल वा उम्मेदवारलाई मत दिने वा प्रचार गर्ने भन्ने आधिकारिक निर्णय गरिएको औपचारिक रुपमा सार्वजनिक भएको पाइएको छैन । विश्वको सबैभन्दा स्वतन्त्र र प्रजातान्त्रिक मानिएको देशमा पुगेका नेपालीहरुले आफूले आफ्नै किसिमले त्यहाँको मतदानमा सहभागिता जनाउने देखिएको छ । चुनावमा सहभागी भएर आफ्नो अभिमत मतपत्रद्वारा नै प्रकट गर्ने देखिएको छ । यो प्रजातान्त्रिक अभ्यासको सुन्दर पक्ष हो । त्यहाँ पुगेका र केही समयपछि नेपाल फर्किने नेपालीहरुले यस चुनावबाट नेपालका लागि धेरै उपयुक्त कुराहरु सिकेर वा बुझेर आउने र नेपालको चुनावमा पनि काम लाग्ने मान्न सकिन्छ । यद्यपि नेपाल र अमेरिकाको परिवेश फरक छ । चिन्तन र जीवनशैली पृथक छ तर पनि विश्वमा सर्वाधिक सम्मान रहेको देश अमेरिकामा सिकेका सकारात्मक कुरालाई नेपालको मौलिकताअनुसार सकेसम्म लागू गर्न त सकिएला कि ? विश्वको महाशक्ति राष्ट्र अमेरिकाप्रति नेपालीको मात्र चासो रहेको पाइँदैन ।

संसारभरका मानिसको लागि अमेरिका सधैँ चासोको केन्द्रमा रहँदै आएको छ । आविष्कार, विज्ञान तथा स्वास्थ्य र अन्य क्षेत्रमा नवीनतम उपलब्धिहरु अमेरिकाले निरन्तर हासिल गर्दै रहेकोले पनि अमेरिकाप्रति सबैको चासो रहने गरेको छ । विश्वभरका सबै क्षेत्रमा मानिस अमेरिका जान चाहन्छन्, अमेरिका पुगेर फर्किने चाहनेभन्दा अमेरिकामै बस्न चाहनेहरु संसारका धेरै देशको मानिसको चाहना हुन्छ । मानिसका मुख्य सरोकारका सबै कुराको केन्द्र अमेरिका हो भन्नेमा शंका छैन, यसै कारण पनि अमेरिकाप्रति सबैको चासो रहेको छ । र, अझ निर्वाचन त आफैँमा सदैव चासोको विषय हुने गरेको छ । जहाँसुकै छिमेकमा निर्वाचन हुँदा पनि सबैको चासो हुने गरेको हुन्छ भने अमेरिकाजस्तो देशमा आम निर्वाचन हुँदा त चासो हुनु स्वाभाविक हो । विश्वमा लोकतन्त्र तथा मानव अधिकारका मुख्य रक्षक मानिएको अमेरिका हुने चुनावमा चासो हुनु हरेक प्रजातान्त्रिक देशका नागरिकको स्वाभाविक हक जस्तै स्थापित भएको छ । अमेरिकाको राष्ट्रपति हुनु विश्वकै मानिसको लागि आफैँमा पनि चासोको विषय हुनु पनि हो । संसारको अन्य देशको राष्ट्र प्रमुख को हो भन्ने त्यत्ति जानकारी हुँदैन तर अमेरिकाको राष्ट्रपति को हो भन्ने कुराको जानकारी धेरैले राख्दछन् ।

सामान्य रुपमा गाउँको हाजिरीजवाफ प्रतियोगितामा पनि अमेरिकी चुनाव र राष्ट्रपतिको बारेमा प्रश्नहरु राखिन्छन् र जवाफ पनि सजिलै पाइन्छन् । सर्वसाधारण, नवयुवा वा विद्यार्थीसम्म अमेरिकाप्रति रहेको चासोको उदाहरण मात्र हो यो । यसले गर्दा अहिले विद्यालयमा पढ्ने विद्यार्थीसमेतमा अमेरिकामा निर्वाचन भइरहेको छ र को राष्ट्रपति बन्दछन् भन्ने जिज्ञासा रहेको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै पुनः निर्वाचित भए पनि वा मुख्य प्रतिस्पर्धी जो वाइडेन निर्वाचित भए पनि यस प्रकार चासो राख्नेलाई खासै मतलब हुँदैन । केवल मलाई याद छ कि अमेरिकाको राष्ट्रपति फलाना हुन् । अमेरिकाको बारेमा मेरो ज्ञान अप टू डेट छ भन्ने युवाहरुलाई आफ्नो ज्ञानको प्रदर्शन गर्न वा आफूलाई जानकार बनाइराख्नसम्म चासो रहेको छ । यति हुँदाहुँदै पनि अमेरिकी निर्वाचनप्रति नेपालीको चासो बेकारको वा व्यर्थको भने होइन । अमेरिका शक्तिशाली राष्ट्र भएकोले त हो नै, साथमा अमेरिकाले नेपाल र नेपालजस्तो देशलाई सधैं सहयोग गर्दै आएकोले पनि हो ।

आज पनि यदि कोही मानिसको हातमा अमेरिकाको कुनै सामान पर्दछ भने त्यसप्रति सम्मानभाव बढ्दछ । कोही अमेरिका गएर फर्केका छन् भने उनीप्रति छुट्टै सम्मान रहेको हुन्छ । गाउँमा कुनै परिवारका मानिस यदि अमेरिकामा छन् भने उक्त परिवारको सम्मान नै अलिक फरक हुने गरेको छ । यसले गर्दा अमेरिकाले सामान्य नेपालीलाई पनि अप्रत्यक्ष सम्मान दिएको हो वा नेपालीले अमेरिका भनेपछि स्वतः सम्मानित देश हो भन्ने बुझेका छन् । अनि विश्वकै सम्मानित तथा सर्वाधिक शक्तिसम्पन्न देश अमेरिकाको निर्वाचनप्रति विश्वकै ध्यान रहेको स्वाभाविक परि स्थितिमा नेपालीको चासो हुनु कुनै अस्वाभाविक होइन । सबैभन्दा बढी चासो चाहिँ शिक्षित वर्गलाई रहेको छ । अझ ग्रामीणभन्दा सहरिया नागरिकलाई बढी चासो रहेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News