अपडेट 
२०७७ कार्तिक १९, बुधबार ०६:४५

विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ४३ लाख नाघेको छ । बुधबार बिहानसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ४३ लाख २६ हजार ६ सय पाँच पुगेको हो । हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड ७८ लाख २७ हजार सात सय १६ पुगेको छ । संक्रमितमध्ये १२ लाख १९ हजार ६ सय ८ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९६ लाखभन्दा बढी पुगेको छ । संक्रमितमध्ये ६२ लाख ३२ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३८ हजार ६ सय १७ पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८३ लाख १२ हजार नौ सय ४७ पुगेको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २३ हजार ६ सय ५० पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ७९ हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ संक्रमितमध्ये एक लाख ४१ हजार एक सय ३४ जना निको भइसकेका छन् । नेपालमा एक हजार ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News