अपडेट 
२०७७ कार्तिक १९, बुधबार १४:०७

अमेरिकी राष्ट्रपतीय चुनाव २०२० मा अझै करोडौँ सङ्ख्यामा मत गन्न बाँकी रहँदा डोनाल्ड ट्रम्पले असमर्थित जितको घोषणा गरेका छन् ।

‘खुलेर भन्दा यो चुनाव हामीले जितेका छौँ’, उनले दबिएको स्वरमा दाबी गर्दै भने । साथै उनले विना कुनै प्रमाण चुनावमा धाँधली भएको बताएका छन् । अमेरिकी राष्ट्रपति चुनावको परिणाम आउँदै गर्दा ट्रम्पले ह्वाइट हाउसमा सम्बोधन गर्दै निकै ठूलो धोका भएको बताएका हुन् । ‘यो हाम्रो देशको लागि लाजमर्दाे कुरा हो’, ट्रम्पले भने, ‘चुनाव परिणामसँग लड्नको लागि सर्वाेच्च अदालत जाने तयारीमा छौँ ।’

ट्रम्पले अघि थपे, ‘हामी एक ठूलो जितको तयारी गरिरहेका थियौँ र अचानक यस्तो खबर सुन्न पुग्यौँ, केही निकै दुखी व्यक्तिहरुको एक समूह छ, जो मानिसहरुको मताधिकारसँग खेलवाड गरिरहेका छन् । टेक्सस, फ्लोरिडा, ओहायोमा हामीले चुनाव जितेका छौँ, उनीहरुलाई थाहा छ कि उनीहरु जित्न सक्दैनन्, त्यसैले यो विषयलाई सर्वाेच्च अदालत लैजान चाहन्छन् ।’अहिले मतगणना भइरहँदा डाेनाल्ड ट्रम्प र जाे बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेकाे छ । 

Comment


Related News

Latest News

Trending News