अपडेट 
२०७७ कार्तिक १९, बुधबार १४:११

भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाण्डौ आइपुग्नुभएको छ ।

भारतीय वायु सेनाको विमानमार्फत उहाँ केहीबेरअघि काठमाण्डौ आइपुग्नुभएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा काठमाण्डौ आएका उहाँलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ ।नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । भ्रमणको पहिलो दिन आजका लागि भने कुनै औपचारिक कार्यक्रम तय नभएको नेपाली सेनाले जनाएको छ । भोलि भने उहाँ दिनभर नै व्यस्त हुनुहुनेछ ।

Comment


Related News

Latest News

Trending News