अपडेट 
२०७७ कार्तिक २०, बिहीबार ०६:५८

विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ४६ लाख नाघेको छ । बिहीबार बिहानसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ४६ लाख ३३ हजार १ सय ६० पुगेको हो । हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड ८३ लाख ८७ हजार तीन सय ६१ पुगेको छ । संक्रमितमध्ये १२ लाख २९ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९७ लाखभन्दा बढी पुगेको छ । संक्रमितमध्ये ६२ लाख ८२ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३९ हजार ७ सय ८१ पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८३ लाख ६३ हजार चार सय १२ पुगेको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ३ सय ५४ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ८२ हजार ९ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ संक्रमितमध्ये एक लाख ४४ हजार नौं सय ७८ जना निको भइसकेका छन् । नेपालमा एक हजार ३४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News