अपडेट 
२०७७ कार्तिक २०, बिहीबार १६:४२

नेपालमा बिहीबार थप तीन हजार ५१ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप तीन हजार ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म १०५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

बिहीबार थप ३४३० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ४८ हजार ४०८ जना कोरोना मुक्त भएका छन् । नेपालमा हाल ३६ हजार ५१४ जना संक्रिय संक्रमित छन् । हाल क्वारेन्टाइनमा १ हजार २३२ जना छन् भने ३६ हजार ५१४ जना आइशोलेशनमा छन् । हालसम्म १५ लाख ७ हजार १९० वटा पिसीआर भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News