अपडेट 
२०७७ कार्तिक २१, शुक्रबार ०६:५९

अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको अग्रता कायमै छ ।

दुई उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेन र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ । जित नजिक पुग्नुभएका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले इतिहासमै सबैभन्दा धेरै लोकप्रिय मत पाउनु भएको छ । उहाँले पूर्व राष्ट्रपति बाराक ओबामाको रेकर्डलाई पनि तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २००८ मा बाराक ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत पाउनु भएको थियो भने अहिले बाइडेनले ७ करोड २७ लाखभन्दा बढी मत पाउनु भएको छ । केही राज्यमा मत गणना भैरहेको छ । फाइनल नतिजा आउन अझै केही समय लाग्ने देखिएको छ ।

राष्ट्रपतिका लागि आवश्यक पर्ने २ सय ७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि हुनुहुन्छ । पछिल्लो परिणाम अनुसार बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । अमेरिकाका ५० राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ ।
 

Comment


Related News

Latest News

Trending News