अपडेट 
२०७७ कार्तिक २१, शुक्रबार ०७:१८

विश्वभरमा तीन करोड ४९ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा तीन करोड ४९ लाख ७० हजार १६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा चार करोड ९० लाख पाँच हजार नौ सय १६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १२ लाख ३८ हजार सात सय ८८ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड २७ लाख ९७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९९ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ६३ लाख ३५ हजारभन्दा बढी निको भएका छन् । यहाँ दुई लाख ४० हजार नौ सय २२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ८४ लाख ११ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ७७ लाख ६४ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार २९ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ८५ हजार नौ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ४८ हजार चार सय आठ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News