अपडेट 
२०७७ कार्तिक २१, शुक्रबार १९:४०

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिन नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । पत्नी विनासहित काठमाडौं आएका नरवणे शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली गएका हुन् ।भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । भेटका क्रममा ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको सम्मान लिएका छन् । योसँगै उनले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं भारतीय सेनाध्यक्ष बनेका छन् । त्यसअघि उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।नेपाल भ्रमणको पहिलो दिन बुधबार नरवणेले धार्मिक क्षेत्रको भ्रमण गरेका थिए । वसन्तपुरस्थित कुमारीको दर्शन गर्न गएका उनी पशुपतिनाथको मन्दिरमा समेत पुगे । शुक्रबार बिहान उनले सगरमाथाको आधार शिविर क्षेत्रमा माउन्टेन फ्लाइट गरेका थिए ।

Comment


Related News

Latest News

Trending News