अपडेट 
२०७७ कार्तिक २२, शनिबार ०७:४१

विश्वभरमा तीन करोड ५२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा तीन करोड ५२ लाख ३८ हजार ६ सय ६३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा चार करोड ९६ लाख ३४ हजार दुई सय ७३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १२ लाख ४७ हजार नौ सय ३१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ३१लाख ४७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ५१ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ६३ लाख ८४ हजारभन्दा बढी निको भएका छन् । यहाँ दुई लाख ४२ हजार एक सय ६३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ८४ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ७८ लाख १८ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ६ सय ५ पुगेको छ । नेपालमा हालसम्म एक लाख ८८ हजार आठ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ५२ हजार नौ सय आठ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार ७० जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News