अपडेट 
२०७७ कार्तिक २२, शनिबार १७:३३

देशभर थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार शनिबार देशभर २२ सय ६ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेको संख्या एक लाख ५५ हजार एक सय १४ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको संख्या एक हजार ८७ पुगेको छ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १० हजार ४ सय २३ नमुना परीक्षण भएको छ। हालसम्म देशभर १५ लाख २७ हजार ७ सय ६६ पीसीआर परीक्षण गरिएको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ।

Comment


Related News

Latest News

Trending News