अपडेट 
२०७७ कार्तिक २३, आईतवार १९:३७

भारत सरकारले नेपाललाई २८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाइ उक्त भेन्टिलेटर हस्तान्तरण गरेको हो ।कार्यक्रममा स्वास्थ्य मन्त्री ढकालले ती भेन्टिलेटर अत्यावश्यक भएका स्वास्थ्य संस्थामा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो । त्यस्तै कोरोनाविरुद्धको लडाईंमा छिमेकी देशहरुको सहयोग महत्वपूर्ण भएको उहाको भनाई छ । मन्त्री ढकालले कोरोना विरुद्धको खोपको पहुँच नेपालीहरुमा पुराउनका लागि सरकार गम्भीर रुपमा लागिरहेको जानकारी दिनुभयो ।

त्यस्तै भारतीय राजदुत विनयमोहन क्वात्राले कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आएमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले दुईदेशबीचको सहयोग र सहकार्य जारी रहने बताउनुभयो । भारतले यसअघि पनि कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरेको थियो ।

Comment


Related News

Latest News

Trending News