अपडेट 
२०७७ कार्तिक २४, सोमबार ०८:१०

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को ठूलो धक्का लागेको छ ।हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग पराजित भएका ट्रम्पलाई पत्नी मेलानिया ट्रम्पले सम्बन्ध बिच्छेद गर्न लागेकी हुन् । चुनाव हारेर ह्वाईट हाउसबाट निस्किएपछि उनकी पत्नी मेलानियाले ट्रम्पसँग सम्बन्ध बिच्छेद गर्न लागेको छ ।

समाचारका अनुसार मेलानियाले ट्रम्प पदमा रहँदैदेखि सम्बन्ध विच्छेद माग्दै आएकी थिइन् । उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर मिनेट काउन्ट गरिरहेको डेली मेलको दाबी छ । ट्रम्प र मेलानिया १५ वर्ष अघि वैवाहिक सम्बन्धमा बाँधिएका थिए । तर उनीहरुको विवाह व्यवसायिक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारले भन्दै आएका थिए ।

तर मेलानियाकी एक साथीका अनुसार उनका श्रीमानले चुनाव जित्नेछन् भनेर मेलानियाले कहिल्यै आशा गरेकी थिइनन् ।खबरमा जनाइएअनुसार वाशिंगटनडिसीबाट ह्वाइटहाउस आउन मेलानियाले ६ महिना कुर्नुपरेको थियो । त्यो बेला उनका बच्चाहरुको पढाई बिग्रिने भएकोले उनी आउन ढिला भएको बताइएको थियो ।

५० वर्षीया अमेरिकी प्रथम महिला मेलानिया पूर्व मोडल हुन् । उनले ७४ वर्षीय श्रीमान ट्रम्पसँग सम्बन्ध राम्रो रहेको बताउँदै आएकी थिइन् ।

Comment


Related News

Latest News

Trending News