अपडेट 
२०७७ कार्तिक २४, सोमबार ०८:२२

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय बेहोरेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका कानूनी सल्लाहकारले कही राज्यमा मत चोरी भएकाले अदालत जाने बताएका छन् ।

डोनाल्ड ट्रम्प आफैले केही राज्यको परिणामलाई लिएर कानूनी चुनौती दिने योजना बनाइरहेको सार्वजनिक भइरहेका बेला उनका कानूनी सल्लाहकार रुडी गिलियानीले खासगरी ४ राज्यमा मत चोरी भएको दावी गरेका हुन । निर्वाचन परिणाम पछि फक्स न्युजलाई प्रतिक्रिया दिँदै गिलियानीले ट्रम्पले हार स्वीकार्नु पनि गलत भएको बताएका छन् ।

कम्तीमा ४ देखि १० राज्यमा मत चोरी भएको स्पष्ट प्रमाण भएको गिलियानीको भनाइ छ । ट्रम्पको चुनावी अभियानले भने यसबारे कुनै प्रमाण सार्वजनिक रुपमा प्रस्तुत गरेको छैन । तर सोमबार केही मुख्य राज्यको मतपरिणामलाई लिएर अदालत जाने ट्रम्प पक्षधरकाे तयारी छ ।

उता राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आगामी जनवरीदेखि पद सम्हाल्ने तयारी गरिरहँदा ट्रम्प समर्थकले चुनावमा मत चोरीको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्। जर्जियाको संसद भवनअगाडि उनीहरुले प्रदर्शन गरेका हुन्।

Comment


Related News

Latest News

Trending News