अपडेट 
२०७७ कार्तिक २४, सोमबार १३:४८

बारा । जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसिपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई जरिवाना लगाइएको छ । काम नगर्ने कम्पनी युनाइटेड बिल्डर्सलाई एक करोड ६८ लाख जरिवाना लगाइएको हो ।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालमा निर्माण थालिएको वीरगञ्ज पथलैया २६ किलोमिटर सडक खण्डको निर्माण कार्यको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेकाले युनाइटेड विल्डर्सलाई कारवाही स्वरुप जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी तथा इन्जिनीयर विवेक झाले जानकारी दिनुभयो ।

पथलैया वीरगञ्ज व्यापारीक मार्ग नामाकरण गरी दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण थालेको थियो । सङ्घीय सरकारको साढे ५ अर्बको लगानीमा सडक खण्डको ठेक्का लिएका युनाइटेड विल्डर्सले भुक्तानीसमेत लिएर समयमा काम नगरेकाले कारवाही गरिएको सूचना अधिकारी झाको भनाइ छ ।

ठेक्का सम्झौता भई समयमा निर्माण कार्य सम्पन्न नभएपछि चार–चार पटक पुनः म्याद थपिए पनि तोकिएको समयमा काम सम्पन्न नगरेकाले बाध्य भएर सरकारले कारवाही प्रक्रिया अघि बढाएको अर्का इन्जिनीयर सम्पतलाल दासले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News