अपडेट 
२०७७ कार्तिक २४, सोमबार १४:०१

सप्तरी प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-२ फत्तेपुरका ३५ वर्षीय ब्रिटिस थापा मगर र सप्तकोशी नगरपालिका-१ का ३० वर्षीय भूमीराज थापा रहेका छन् ।

भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ स्थित रम्पुरा मल्हनियाँबाट उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए । स.८ प ९०९५ नम्बरको मोटरसाइकलमा सवार दुवैजनाको साथबाट डाईजील्याब ५० एम्पुल, फेनारगन ५० एम्पुल र लुपिजेसिक ५० एम्पुल बरामद भएको प्रबक्ता साहले बताए । उनीहरुको साथबाट ७० हजार रुपैयाँ नगर समेत बरामद भएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्व लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News