अपडेट 
२०७७ कार्तिक २५, मंगलवार ०७:२८

वीरगञ्ज । झडपमा मारिएका नेकपाका पर्सा जिल्ला सदस्य तथा पर्सा विन्दवासिनी गाउँपालिकाका पार्टी कमिटी सचिव मुकेश चौर सियाको श्रद्धाञ्जली सभामा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहभागी हुने भएको छ । वुधवार वीरगञ्जमा हुने चौरसियाको श्रद्धाञ्जली सभामा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड सहभागी हुने नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले जानकारी दिए । प्रचण्ड सहभागि हुने विषयमा अन्सारीले आफ्नो फेसबुक मार्फत जानकारी दिएका हुन् । कात्तिक ६ मा नेकपाको बिन्दावासिनी गाउँपालिकाको सपथग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच भएको झडमा गम्भीर घाइते भएका चौरसियाको कात्तिक ७ मा उपचारको क्रममा मृत्यु भएको थियो ।

चौरसियाको हत्या आरोपमा नेकपाकै पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको एकहप्तासम्म जाहेरी लिन नमान्दा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता गरिएको थियो । जाहेरी दर्ता पश्चात मात्र चौरसियाको शवको झण्डै एकसाता पश्चात पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको थियो । चौरसीयाको हत्या भएको र निष्पक्ष छानविन हुनु पर्ने माग गर्दै नेकपा दुई भागमा विभाजित भएका थिए । मातृका यादव लगायत प्रदेश २ कमिटी निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै आएका थिए भने नेकपाका नेता रघुविर महासेठ भने त्यसको विपक्षमा उभिएका थिए ।

Comment


Related News

Latest News

Trending News