अपडेट 
२०७७ कार्तिक २५, मंगलवार ०७:४६

रौतहट । रौतहट जिल्लाको विभिन्न ठाउवाट नियंत्रणमा लिएको सवारी साधनहरु जिल्ला भन्सार कार्यालय रौतहटमा अलपत्र अवस्थामा कुहिन थालेका छन । चोरी तथा अवैध रुपमा तस्करी हुने कार्यमा प्रयोग भएको अवस्थामा सुरक्षाकर्मीहरुले नियंत्रणमा लिएर कार्यवाहीको लागि चलान गरिएको चार पानग्रे तथा दुइ पानग्रे सवारी साधन समयमा लीलाम हुन नसकेको कारन भन्सार कार्यालय भित्र अलपत्र अवस्थामा फालिएको हो ।

समयमा लीलामी भएको भए आतंरिक राजश्वमा बृद्धि हुने थियो तर लीलामी हुन नसक्दा अहिले कुहीदै गइरहेको छ । प्रमुख भन्सार अधिकृत राजनबाबू काफ्लेले कोरोना भाइरसको संक्रमण तथा पटक पटक भैरहेको लकडाउनको कारण लीलामी प्रक्रियामा असर परेको बताउनु भएको छ । पक्राउ परी आएको सावरी साधनको लीलामी गर्नु पर्दा यातायात मंत्रालय ,एजेंसी संग सहकार्य मूल्याङ्कन गर्नु पर्ने भएकोले लकडाउनले कार्य पूरा नभएकोले लीलामी प्रक्रियामा ढिलाई भएको प्रस्ट गर्नु भएको हो । वहाले भने सवारी साधनको लीलामी झंझटीलो प्रक्रिया रहेको छ त्यसमा यो कोरोना महामारीले समस्या निम्त्याएको हो । समयमा यसको लीलामी भएको भए सरकारलाइ फायदा नै हुने थियो भन्दै अब चाडै प्रक्रिया टुंग्याएर कार्य अगाडी बढाउने प्रतिवद्धता जनाए । अवयवस्थित अवस्था राखिएको सवारी साधनको कारण कार्यालयको ठाउ ओगेटो तथा पटक पटक आउने बाढि़ ,वर्षाको कारण थन्काइएको सवारी साधनमा खिया लागेको कतिपय सडेर काम नलाग्ने अवस्थामा पुगिसकेको छ । भन्सार अधिकृत आशुतोष राईले कार्यालयमा लीलाम हुन बाकि रहेका सवारी साधनमा करीव ५ सयको संख्यामा मोटरसाइकल तथा ४० वता को संख्यामा जीप कार, स्कार्पियो ,बोलेरो लगायतका चारपांगरे सवारी साधन रहेको बताएका छन । सवारी साधन लीलामी गर्नु पूर्व्व उत्पादन भएको मोडेल ,क्षमता , मूलयांकन ,कंपनी प्रमाणित गर्नु पर्ने भएकोले कोरोनाको कारण यातायातका साधन बंद भएर समस्या परेको जिकिर गरे ।

अधिकृत राईले २०७५ र २०७६ मा लीलाम गरिसक्नु पर्ने सवारी साधन अहिले सम्म नभएको उल्लेख गर्दै समयमा लीलाम भएको भए सरकारलाई करोड़मा आतंरिक राजश्वमा बढ़ोतरी हुने थिए बताए । व्यवस्थित रुपमा ठाउ नभएको कारण अलपत्र अवस्थामा राखिएका सवारी साधन निश्चित समयमा लीलाम नहुँदा खिया लागि कुहिएर समाप्त हुन थालेकाले मूल्याङ्कनमा कमी आउने र राजश्वमा पनि कमी हुने भएको छ ।

Comment


Related News

Latest News

Trending News