अपडेट 
२०७७ कार्तिक २५, मंगलवार १६:४४

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार सात सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२ हजार नौ सय ६० जनामा गरिएको परीक्षणमा मंगलबार दुई हजार सात सय ३६ जनामा पोजेटिभ रिपोर्ट आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कुल संक्रमितको संख्या एक लाख ९९ हजार सात सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा आठ सय ५३ जना कोरोना संक्रमित निको भएको छ । आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार एक सय ४८ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News