२०७७ कार्तिक २६, बुधबार ०८:१८

भारतीय व्यापारीहरुले पश्चिमी सीमा नाका वनवासामा प्रदर्शन गरेका छन्। भारतीय निकटवर्ती बजार वनवासाका व्यापारीहरुले नेपाल जान पाउनु पर्ने माग राख्दै मंगलवार भारतीय सीमा नाका क्षेत्रमा प्रदर्शन गरेका हुन्।

महेन्द्रनगर लगायतका बजारमा व्यापारीहरुले जान पाउनु पर्ने माग राखेर प्रदर्शनमा उत्रिएका छन्।  भारतीय व्यापारीहरू बिना अनुमती सीमा क्षेत्रमा प्रवेश गर्न खोजे पछि सशस्त्र प्रहरीले रोकेको थियो। भारतीय व्यापारीहरुले विना रोकटोक नेपाल प्रवेशको अनुमतीको माग गर्दै प्रदर्शनमा उत्रिए पछि भारतीय शुरक्षाकर्मीले समस्या हल गर्ने अश्वासन दिए पछि उनीहरु फिर्ता भए।

भारतबाट पेन्सन बुझदै आएका नेपालीहरुलाई समेत व्यापारीहरुले केही समयका लागि सीमा नाकामा  रोकेका थिए। दुवै देशका सुरक्षा निकायको सहमतीमा भारतीय निकटबर्ती बजारका व्यापारीहरुलाई नेपाल आवतजावत गर्न दिनका लागि पहल गर्ने भारतीय शारदा वैराज चौकीका इन्चार्ज एसआई गोविंद सिंह बिष्टले सम्झाए पछि उनीहरु फिर्ता भएका थिए।

Comment

Related News

Latest News

Trending News