२०७७ कार्तिक २६, बुधबार १५:१५

रौतहटबाट २० तोला चाँदीको सिक्कासहित एक जना भारतीय युवा पक्राउ परेका छन् ।

गौर नगरपालिका वडा २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका बेला प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेमा भारत जिल्ला मोतिहारी सिक्टा घर भएका २३ वर्षका चन्दन साह सोनार रहेका छन् ।उनको साथबाट प्रहरीले २० तोला तौलका २० वटा चाँदीको सिक्का बरामद गरेको छ । चाँदीसहित पक्राउ परेका सोनारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News