२०७७ कार्तिक २६, बुधबार १६:३९

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको पीसीआर परीक्षण गरेकोमा बुधबार दुई हजार पाँच सय ६९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख दुई हजार तीन सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६ सय ६६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक लाख ६२ हजार दुई सय ४३ पुगेको छ । आज देशभर ३८ हजार नौ सय १२ जना सक्रिय संक्रमित छन्।

नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा २६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार एक सय ७४ पुगेको छ।

Comment

Related News

Latest News

Trending News