अपडेट 
२०७७ कार्तिक २६, बुधबार १८:३२

कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकबाट दीपावली र छठ पर्वमा देउसी भैलो तथा जुवातास नखेल्न, खोला नदी तथा पोखरीहरु भित्र नपसी, भिडभाड नगरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना तथा भौतिक दूरी कायम गरी छ्ठ पर्व मनाउन जिल्लावासीसँग आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले खोला, नदी तथा पोखरीहरु भित्र नपसी छठ पर्व मनाउन आग्रह गरेको छ । प्रशासनले दीपावली तथा छठ पर्वमा देउसी भैलो तथा जुवातास खेल्नमा समेत रोक लगाएको छ ।

प्रशासनले उक्त निर्णय विपरीत कुनै पनि कार्य नगर्न जिल्लावासीसँग आग्रह समेत गरेको हो । प्रशासनको निर्देशन विपरीत कसैले यस्तो कार्य गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने जनाईएको छ ।

Comment


Related News

Latest News

Trending News