अपडेट 
२०७७ कार्तिक २७, बिहीबार ०६:५८

जनकपुरधाम । सभामुख सरोज कुमार यादवले कोभिड–१९ को महामारीबाट जोगिन स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।

गोपाल युवा समिति जनकपुरधामले बुधबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेशमा स्वास्थ्य सुरक्षा मापदण्डको खिल्ली उडाएको गुनासो गरे । सुरक्षा सतर्कता आप् mनै लागि छ, उनले भने–‘यसमा लापरबाही गर्नुहुँदैन् । आउँदो दीपावली तथा छठ पर्वको शुभकामना दिदै सभामुख यादवले कोरोनाको महामारीबाट चाँडै सबै मुक्त होस् भन्ने कामना गरे । कोरोना महामारीको जोखिम न्युनिकरण गर्न सरकारले जारी गरेको लकडाउन अवधिमा पनि समाजिक दूरी कायम गरेर प्रदेशसभा संचालन गरेको स्मरण गर्दै उनले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न सबैमा आग्रह गरे । प्रदेशसभा सदस्य एवम् जनता समाजवादी पार्टी प्रदेश २ का संसदीय दलका उपनेता रामअशिष यादवले युवा शक्तिलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । युवाहरुलाई प्रोत्साहित गरेर नेतृत्व तहमा ल्याउनुपर्छ, उनले भने–‘यसको लागि युवाले पनि तयारी गर्नुपर्छ ।’ युवाहरुले आपैmले बनाएको मार्गमा अघि बढनुपर्ने धारणा उनको थियो ।

युवाशक्तिले समाजिक रुपान्तरण गरेको कयन उदाहरण छ, उनले भने–‘यसको लागि युवाहरु अगाडी आउनुपर्छ ।’ शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा पछि परेको प्रदेश २ का युवाहरुलाई आत्मनिर्भर भएर राजनीतिमा आउनुपर्नेमा उनले जोड दिए । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवले युवाहरुलाई एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । समितिका अध्यक्ष बैजनाथ यादवको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा गोपाल सेवा समिति धनुषाका अध्यक्ष रामबाबु यादवले यदुवंशी युवाहरुलाई एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । यस्तै, गोपाल सेवा समिति धनुषाका पूर्वअध्यक्ष उमेश यादवले गोपाल सेवा समितिको दुर्दशाप्रति रोष प्रकट गरे । लामो समयदेखि निर्माणाधिन धर्मशालाको काम अगाडी बढाउनमा गोपाल सेवा समितिका केन्द्रिय अध्यक्ष असफल रहेकोमा दुख व्यक्त गरे । जनकपुर टुडे संचार समूहका प्रधान सम्पादक बृज कुमार यादवले युवाहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । युवाहरुले नेतृत्व सम्हाल्ने बेला आएको छ, उनले भने–‘युवाहरुले पनि आपूmलाई नेतृत्व लिनको लागि तयार गर्नुपर्छ ।’

नेपाली काँग्रेस धनुषाका उपसभापति संतोष यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जीतेन्द्र कुमार यादव, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ प्रदेश २ का अध्यक्ष राजकिशोर यादव, पुष्पा यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । कपिलदेव यादवले संचालन गरेको कार्यक्रममा शुभकामना मन्तव्य गोपाल युवा समितिका कोषाध्यक्ष रामह्दय यादव(राम)ले गरेका थिए । कार्यक्रम सफल पार्न चयन गरिएको व्यवस्थापन समितिलाई सम्मान गरिएको थियो । गोपाल युवा समितिका सचिव ललित यादवको संयोजकत्वमा चयन गरिएको व्यवस्थापन समितिका सदस्य लगायत पदाधिकारीहरुलाई समेत सम्मान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News