अपडेट 
२०७७ कार्तिक २७, बिहीबार ०७:१७

कोरोना नियन्त्रण तथा रोकथामका लागि करिब सात अर्ब बजेट निकासा भएको छ । काेराेना रोकथाम शीर्षक अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात अर्ब बजेट निकासा पाएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि अहिलेसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार विनीयोजन गरेको छ भने संक्रमितको व्यवस्थापन, कट्याक्ट ट्रेसिङ र जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको हो ।

त्यसैगरी, प्रयोगशाला परिक्षणका लागि १ अर्ब १२ करोड ४० लाख तथा आईसीयू, भेन्टिलेटर र औषधि सुदृढीकरणका लागि १ अर्ब २९ करोड ९० लाख निकासा भएको छ भने विनियोजित रकममा हाई डेपिसेन्सी युनिटका लागि विनियोजित ३ अर्ब २५ करोड समावेश भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News