अपडेट 
२०७७ कार्तिक २७, बिहीबार ०७:२०

विश्वभरमा तीन करोड ६६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बिहीबार बिहानसम्ममा तीन करोड ६६ लाख ५४ हजार तीन सय ६८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा पाँच करोड २४ लाख आठ हजार चार सय ८७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १२ लाख ८८ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ४४ लाख ६५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड सात लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ६६ लाख ४२ हजारभन्दा बढी निको भएका छन् । यहाँ दुई लाख ४७ हजार दुई सय ४९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ८६ लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८० लाख ६४ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २८ हजार एक सय ६४पुगेको छ । नेपालमा हालसम्म दुई लाख दुई हजार तीन सय २९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ६२ हजार दुई सय ४३ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार एक सय ७४ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News