अपडेट 
२०७७ कार्तिक २७, बिहीबार १६:५१

नेपालमा बिहीबार थप १९१३ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १९१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४ हजार २४२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार थप २३४९ जना कोरोना मुक्त भएका छन् भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । नेपालमा हाल ३८ हजार ४६१ जना आइशोलेशनमा छन् भने ९७४ जना क्वारेन्टीनमा छन् । हालसम्म १५ लाख ८४ हजार ३१७ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News