अपडेट 
२०७७ कार्तिक २७, बिहीबार १७:५५

कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले तेस्रो चरणको तैयारी शुरु गरेको छ ।
कोरोना महामारीको वर्तमान अवस्था, विगतमा भए गरेको कामकाजको समीक्षा र अगामी रणनीति बारे छलफल गर्न आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थान समिति (पिसिसिएमसी)को बैठकले कोरोना महामारी विरुद्ध तेस्रो चरणको तैयारीमा पुगी सकेको निष्कर्ष निकालेको छ ।

महामारी विरुद्धको तेस्रो चरणको तैयारी स्वरुप पचास हजार भिटिएम र रिएजेन्ट खरिद गरि सकेको, पिसिआर ल्याव संचालन गर्न बाँकी रहेको चार जिल्लामा यसै साता देखी ल्याव संचालनमा ल्याउन सम्पूर्ण तयारी पुरा भै सकेको समाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादवले जानकारी गराएका छन । तेस्रो चरणको लागी महत्वपूर्ण रहेको अस्पतालमा आधारित उपचार प्रणालीलाई थप सुदृढ बनाउन प्रदेश भरिका ६ वटा अस्पतालमा २५ बेडका दरले जम्मा १५० बेडको उच्च निर्भरता कक्ष (एच डि यु) निर्माण गर्ने निर्णय समेत गरेको छ ।

यसका साथै प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालहरुले खरिद गरेको भेन्टिलेटरहरुलाई अतिशिघ्र संचालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकले निकट भविष्यमा आउन लागेको कोरोना विरुद्धको भ्याक्सिनलाई व्यवस्थापन गर्न तीन सदस्यीय भ्याक्सिन व्यवस्थापन समिति गठन समेत गरेको छ । संक्रामक रोग विशेषज्ञ एवं विज्ञ समूहका सदस्य डा. गरिब नाथ ठाकुरको संयोजकत्वमा गठित उक्त समितिमा आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झालाई राखिएको छ ।

Comment


Related News

Latest News

Trending News