अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार ०७:१७

विश्वभरमा तीन करोड ७१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा तीन करोड ७१ लाख ६९ हजार नौं सय २ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।हालसम्म विश्वमा पाँच करोड ३० लाख ६५  हजार नाै सय ५ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १२ लाख ९८ हजार चार सय ७४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ४५ लाख ९४ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड आठ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ६७ लाख ९ हजारभन्दा बढी निको भएका छन् । यहाँ दुई लाख ४८ हजार चार सय ९३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ८७ लाख २७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८१ लाख १३ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २८ हजार ६ सय ६८ पुगेको छ ।नेपालमा हालसम्म दुई लाख चार हजार दुई सय ४२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ६४ हजार पाँच सय ९२ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार एक सय ८९जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News