अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार ०७:४१

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।हाल प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार राती प्रदेश नम्बर. १ का पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।आज काठमाडौंको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहने महाशाखाकाे अनुमान छ ।

Comment


Related News

Latest News

Trending News