अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार ०८:११

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठक दिउँसो ४ बजे बस्ने गरी बोलाइएको नेकपाले जनाएको छ । महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो । नेकपाको विधानमा सचिवालय बैठक दुई अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ ।

यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा छलफल गरेर बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखितरुपमै आग्रह गरेका थिए । अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सहमत नदेखिए अर्का अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरु बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा रहनुभएको थियो । ओली र प्रचण्डबीचको तिख्तताका कारण सचिवालय बैठकमा हुने छलफलका एजेण्डा भने निश्चित भइसकेको छैन ।

बैठकको एजेन्डा र छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार र अध्यक्ष प्रचण्डले खुमलटारमा हिजो आफू निकट नेताहरुसँग बेग्लाबेग्लै छलफल गर्नुभएको छ । राजदूत नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावलगायत कारण नेकपाभित्रको विवाद चुलिँदै गएको छ ।

Comment


Related News

Latest News

Trending News