अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार ०८:४३

नेपाली का‌ंग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टीभित्रको विवाद समाधान गर्न लगातार भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले आज बैठक बस्न लागेको नेपाली का‌ंग्रेसले जनाएको छ । आज पनि छलफल गरी सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा लगेर पारित गर्ने तयारी भैरहेको पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसमिति बैठक दिउँसो एक बजे बस्नेछ । का‌ंग्रेसमा क्रियाशील सदस्यता वितरण लगायतको विवाद छ ।

Comment


Related News

Latest News

Trending News