अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार १४:०६

सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला परेको छ ।

वडा नम्बर ५ जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शिशु छोरा हुन् । शिशु २४ घण्टाअघि जन्मिएको जस्तो देखिएको इलाका स्वास्थ्य चौकी बोदे बर्साईनका प्रमुख एयुब राईनले बताए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको उनले बताए । स्थानीय बासिन्दाले खबर गरेपछि इलाका प्रहरी कार्यालय बोदे बर्साईनको टोली घट्नास्थलमा पुगी शिशुलाई ल्याएर स्वास्थ्य कार्यालयको जिम्मा लगाएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News