अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार १५:४५

सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।  रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पस्ट पारेको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।  त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ ।

Comment


Related News

Latest News

Trending News